हेटौँडा,१३, जेठ ।
मंगलबार दिउँस आएको हावाहुरीको कारण मकवानपुरमा दुईजनाको मृत्यु भएको छ । घरअघिको रुख ढाल्दा राक्सिराङ ५ चैनपुरकी बिरमाया प्रजाको मृत्यु भएको हो । त्यसैगरी राक्सिराङ ३ का वर्ष ६ आयुश मगरको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । यसैगरी मानिकलाल बल, शम्भु सुनार घाईते भएको उनको भनाई रहेको छ । गाउँपालिकाको दर्जनौ घरमा क्षति पुगेको अध्यक्ष मल्लको भनाई छ ।

यसैगरी मकवानपुरको विभिन्न स्थानमा दर्जनौ घरमा क्षति पुगेको छ । हावाहुरीको कारण पुर्वि मकवानपुरको बकैया गाउँपालिकाको वडा नंबर ४ माझिखोलाको आधा दर्जन घरको जस्ता उडाएको छ । त्यसैगरी मकवानपुरगढी गाउँपालिकामा पनि एक दर्जन बढि घरमा क्षति भएको छ ।
हावाहुरीले हेटौँडाको चौघडा, चुच्चेखोला सहितको क्षेत्रमा समेत क्षति पुराएको छ भने पश्चिम मकवानपुरको मनहरी क्षेत्रम पनि असर गरेको हाम्रो स्थानीय सहकर्मीहरुले बताएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।