File photo

ब्राजिलमा २४ घण्टाभित्र ११ हजारभन्दा बढी नयाँ कोरोना भाइरसबाट संक्रमित फेला परेका छन्। जोन हप्किन्स विश्व विद्यालयले जारी गरेको तथ्यांकअनुसार ब्राजिलमा कूल संक्रमितको संख्या तीन लाख ७४ हजार ८९८ पुगेको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ८०७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २३ हजार ४७३ पुगेको छ । दक्षिण अमेरिकी मुलुकहरुमध्ये ब्राजिलमा सबैभन्दा बढी मानिसको संक्रमणबाट निधन भइसकेको छ ।

विश्वमै संयुक्तराज्य अमेरिकापछि कोरोना भाइरसबाट सर्वाधिक प्रभावित दोस्रो मुलुक ब्राजिल हो । अमेरिकामा कूल संक्रमितको संख्या १७ लाख नाघिसकेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।