१३ जेठ । स्पेनिस क्लब एथ्लेटिको मड्रिडका स्टार जाओ फेलिक्स घाइते भएका छन् । प्रशिक्षणका क्रममा पोर्चुगिज खेलाडी फेलिक्सले घुँडामा चोट बोकेको एथ्लेटिकोले आधिकारिक विज्ञप्ति निकाल्दै पुष्टि गरेको छ ।

कोरोना भाइरस महामारीका कारण स्थगित ला लिगा जुनको पहिलो साताबाट सुचारु हुने तयारीमा छ । स्पेनका स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ला लिगा ८ जुनबाट सुचारु गर्न अनुमति दिएका छन् ।

ला लिगा २३ मार्चबाट स्थगित थियो । खेलाडीहरूले भने अघिल्लो साताबाट प्रशिक्षण सुरु गरेका छन् । प्रशिक्षणकै दौरान २० वर्षीय फेलिक्सको देब्रे घुँडामा चोट लागेको एथ्लेटिकोले जनाएको हो ।

क्लिनिया युनिभर्सिडाड डी नाभरामा परीक्षणपछि उनको खुट्टामा चोट देखिएको क्लबले जनाएको छ । सन् २०१९ मा मात्र बेन्फिकाबाट एथ्लेटिको आएका उनीले तेस्रोपटक घाइते भएका हुन् । यसअघि गत अक्टोबरमा भ्यालेन्सियाविरुद्धको खेलमा पहिलोपटक र गत जनवरीमा दोस्रोपटक उनले चोट बोकेका थिए । एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।