१३ जेठ ।  नेपालमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । सुर्खेत जिल्लामा थप १२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । यो सँगै कर्णाली प्रदेशमा कोराना संक्रमितको कूल संख्या २३ पुगेको छ ।

प्रदेशको समाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमित वीरेन्द्रनगर, भेरीगंगा र सिम्ताका रहेका छन् । यसमध्ये ११ जना पुरुष र एक जना महिला रहेको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मी नारायण तिवारीले जानकारी दिएका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ९४ पुगको छ भने उपचार पछि निको हुनेको संख्या १ सय १२ रहेको छ । हालसम्म नेपालमा कोरोनाको कारण ४ जनाको मृत्यु भईसकेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।