file photo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जातिय विभेद र छुवाछुत मानवता बिरुद्धको अपराध भएको बताएका छन् । अध्यक्ष थापाले अन्तरजातिय प्रेम र विवाहको सन्दर्भमा हालै रुकुम र बुटवलमा भएका हत्या र आत्महत्याको घटना क्रुर र निन्दनीय भएको भन्दै मानवता बिरोधी यस्ता कलंक पुन: दोहरिन नदिन नेपाली समाज पनि सचेत रहन अपिल गरेका छन् ।

अध्यक्ष थापाले सामाजिक सञ्चाल टुईटर मार्फत भनेका छन् – ‘जातिय विभेद र छुवाछुत मानवता बिरुद्धको अपराध हो । अन्तरजातिय प्रेम र विवाहको सन्दर्भमा हालै रुकुम र बुटवलमा भएका हत्या र आत्महत्याको घटना क्रुर र निन्दनिय छन् । अपराधीलाई कानुन बमोजिम कार्वाही त हुने नै छ, तर, मानवता बिरोधी यस्ता कलंक पुन: दोहरिन नदिन नेपाली समाज पनि सचेत रहनु पर्दछ ।’


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।