समाचार

गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

 सांकेतिक तस्बिर

काठमाडौ । गुल्मीमा एक गाउँपालिका अध्यक्षमा कोरोना संक्रमण देखिएको छ। गुल्मीको धुर्काेट गाउँपालिका अध्यक्षमा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

सोमबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उहाँलाई कोरोना संक्रमण रहेको पुष्टि भएको बताइएको छ। उहाँलाई गाउँपालिकाकै क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको बताइएको छ। यसैगरी भारतबाट आएर क्वारेन्टाइनमा बसेका धुर्काेटकै अर्का ३७ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

गुल्मी मदानेका एक शिक्षकको कोरोना संक्रमणपछि उपचारका क्रममा मृत्यु भएको थियो । उहाँको घरमा डेरा गरी बस्ने बैंकका कर्मचारीलाई पनि कोरोना संक्रमणको पुष्टि भएको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।
प्रतिक्रिया दिनुहोस्