हेटौँडा,१२,जेठ ।
सहयोगी मन नेपालले लकडाउनको कारण समस्यामा परेको परिवारलाई सहयोग गर्ने कामलाई जारी राखेको छ । यसै क्रममा आज हेटौँडा उपमहानगरपालिका वडा नंबर १० मा रहेको एक अपाड्गता भएको ब्यक्तिलाई सहयोग गरेको सहयोगी मन नेपालका अध्यक्ष केदारप्रसाद चौँलागाईले बताए ।

लकडाउनको समय बढिरहेको समयमा समस्यामा परेका परिवारलाई उनीहरुको घरमानै पुगेर सहयोग गर्ने कामलाई निरन्तरता दिने समेत चौँलागाईले बताए । सहयोगी मनले यसअघि सुत्केरी महिलाको घरमा पुगेर सहयोग गरेको थियो भने यसभन्दा पहिले सयौँ घरपरिवारलाई राहत समेत वितरण गरिसकेको छ ।
लकडाउन अवधिमा सहयोगी मन नेपालले नियमित रुपमा आफ्नो अभियानलाई निरन्तरता समेत दिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।