१२ जेठ । बाराको गढीमाई नगरपालिकामा एकै दिन २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहायक प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार, संक्रमण देखिएका २१ जना गढीमाई नगरपालिकाकै हुन्।

संक्रमण देखिएकाहरु १८ देखि ५० वर्षसम्मका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार, १८ वर्षका चार जना, १९ वर्षका दुई जना, २० वर्षका तीन जना, २४ वर्षका दुई जना, २५ वर्षका तीन जना र ३६ वर्षका दुई जना रहेका छन्। त्यस्तै, २६, ३०, ३१, ४० र ५० वर्षका एकएक जना रहेका छन्। गढीमाई नगरपालिकाका २१ जनामा संक्रमण देखिएसँगै देशभर संक्रमितको संख्या ६ सय ७५ पुगेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।