हेटौँडा,१२,जेठ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा रहेको कोरोना आइसोलेसन वार्ड भरिएको छ । भारतबाट आएका ३७ जना मकवानपरे सति ४० जना भर्ना भएपछि अहिले आइसोलेसन वार्डमा थप भर्ना गर्ने अवस्था नरहेको वार्डका संयोजक भोलाप्रसाद चौँलागाईले खबरब्रेकलाई जानकारी दिए ।

आइसोलेसन वार्डमा घरीघरी विद्युत जाँदा समस्या भएको उनले बताए । विद्युत नभएको अवस्थामा विकल्पको रुपमा इन्भर्टर नभएको कारण पनि त्यहा समस्या भएको छ ।

भारतबाट आएकाहरु वागमती गाउँपालिकाका १ जना, मकवानपुरगढी ३ जना, मनहरी गाउँपालिका ६ जना, हेटौँडा उपमहानगरपालिका १० जना, कैलाश गाउँपालिका ९ जना, थाहा नगरपालिका २ जना , बकैया गाउँपालिका ५ जना रहेको चौँलागाईले बताए । त्यसैगरी अन्य तीनजामा मनहरीको १ जना, बकैयाको १ तथा एकजना प्रहरी रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।