भारतमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ । सोमबार बिहानसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार २२ पुगेको छ । भारतमा गएको २४ घण्टामा कोरोनाको कारण १५४ जनाको मृत्यु भएको छ ।

यसैगरि भारतमा कोराना संक्रमितको संख्या १ लाख ३८ हजार ८४५ पुगेको छ । गएको २४ घण्टामा भारतमा ६ हजार ९ सय ७७ जना नयाँ कारोना संक्रमित पुष्टि भएको छ । यो भारतमा एकै दिन देखिएको अहिलेसम्म धेरै संक्रमितको संख्या हो ।

भारतमा अहिलेसम्म ५७ हजार ७२० जना कोरोना निको भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।