औद्योगिक क्षेत्र परिसरमा दुर्घटना भएको ट्रक । तस्बिर :बुद्धराज अर्याल

हेटौँडा,१२,जेठ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको हेटौँडा औद्योगिक क्षेत्र परिसरमा ट्रक दुर्घटना भएको छ ।
विरगंजबाट मकै लोड गरेर हेटौँडाको औद्योगीक क्षेत्रमा आएको ना ६ ख ३७६२ नंबरको ट्रक ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता सुजन पाठकले खबरब्रेकलाई जानकारी दिए ।

दुर्घटनाग्रस्त ट्रक र सो ट्रकका घाइते चालक । तस्बिर : बुद्धराज अर्याल

दुर्घटनामा ट्रक चालक मनहरी गाउँपालिका वडा नंबर ६ का इश्वरी पाठक घाइते  भएको उनले बताए । उनको टाउको र ढाडमा चोट लागेको र हाल हेटौँडा अस्पतालमा उपचार भैरहेको उनको भनाई रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।