हेटौंडा । नेपाल बङगलादेश बैंक हेटौंडा शाखाले ५ लाख रुपयाँ सहयोग गरेको छ । शाखाले बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख सहयोग गरेको हो ।

बैंकका हेटौंडा शाखा प्रमुख राम कुमार श्रेष्ठ, शाखाका सुपरभाइजर बिक्रम थापा र प्रविन सुवेदीले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेललाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

विश्वव्यापी रुपमा फैलिएको भाइरस नियन्त्रणमा सरकारलाई सहयोग गर्ने उदेश्य सहित कोषमा रकम जम्मा गरिएको बैंकले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।