पर्सा । नेपालमा थप १८ जना कोरोनाबाट निको भएका छन् । पर्सा जिल्लाको वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत थप १८ जना निको भएका हुन् ।

वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका २ महिने शिशु र १० जना बालबालिकासहित १८ जना निको भई डिस्चार्ज भएका हुन् । उनीहरुको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी गराएका छन् ।

निको भई घर फर्कनेमा एकै परिवारका २ महिने शिशु, ३ देखि १३ वर्षसम्मका ३ बालिका, ३ देखि १५ वर्षसम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला र ३७ देखि ६६ वर्षसम्मका ४ पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोनाको उपचारपछि निको हुनेको संख्या १ सय ५ पुगेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।