काठमाडौं । आज थप ७ कोरोना भाइरस रोगको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले थप संक्रमणको पुष्टि गरेका हुन ।

यसअघि आजै बिहान मन्त्रालयले काठमाडौं,बारा,धनुषा,दैलेख,सप्तरी कपिलवस्तुमा गरि ७२ जनामा कोरोना पुष्टि गरेको थियो । यो सँगै नेपालमा संक्रमितको संख्या ६ सय ८३ पुगेको छ भने ४ जनाको मृत्यु भएको छ ।