File photo

बारा,वीरगञ्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते उपचारको क्रममा मृत्यु भएका ७२ वर्षिय बृद्धको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । बाराको कलैया–७ का बृद्ध सिकिस्त बिरामी परेपछि जेठ २ गते वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो।

अस्पतालले कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा भर्ना भए लगत्तै स्वाब संकलन गरेर नारायण उपक्षेत्रीय अस्पतालको प्रयोगशाला पठाएको थियो। तर त्यसको रिपोर्ट १० दिनपछि सोमबार आएको हो।

नेशनल मेडिकल कलेजले शंकास्पद बिरामीको मृत्यु भएपछि रिपोर्ट नआउँदै शव परिवारको जिम्मा लगाएको थियो । परिवारले पनि आफ्नो संस्कार अनुसार अन्तिम संस्कारा गरेको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

यसैगरि नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले आज बिहान थप ७२ जनामा कोरोना पुष्टि भएको प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।  यसैगरि नेपालमा कोरोना निको हुनेको संख्या १ सय ५ रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।