बागमती प्रदेशको प्रदेशसभा बैठक बस्दै

हेटौँडा,१२,जेठ ।
बागमती प्रदेशसभा बैठक आज बस्ने भएको छ । आज बस्ने बैठकले भोली मंगलबार हुने नीति तथा कार्यक्रम ल्याउनको लागि आह्वान गर्ने छ । बैठक दिउँस २ बजे बस्ने जनाईएको छ ।

मंगलबारको बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाँइले नीति तथ कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सरकारले नयाँ आर्थिक वर्षका लागि करिब ५० अर्ब रुपैयाँ बजेट ल्याउने तयारी गरिरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।