हेटौाडा,११, जेठ ।
मकवानपुरको हेटौँडा अस्पतालका सबै डाक्टर तथा स्वास्थ्यर्कीको रिर्पोट नेगेटिभ आएको छ ।  कोरोना आइसोलेसन वार्ड हेटौँडाले दिएको जानकारी अनुसार हेटौँडामा किट सकिएपछि भरतपुर पठाईएको हेटौँडा अस्पतालका ५४ जना स्वास्थ्यकर्मीको रिर्पोट नेगेटिभ आएको हो । यो सँगै अस्पतालको ६६ जना डाक्टर तथा पारामेडिक्सहरुको रिर्पोट नेगेटिभ आएको हो ।

एक हप्ता पहिले हेटौँडा अस्पतालबाट रिफर गरिएकी विरामीमा काठमाण्डौँमा कोरोना संक्रमण देखिएपछि हेटौँडा अस्पतालका सबै कर्मचारीहरुको स्वाब संकलन गरिएको थियो । हिजो मात्र त्यहाको १२ जना स्वास्थ्यकर्मीको पनि रिर्पोट नेगेटिभ आएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।