File photo

११ जेठ ।  भारतमा कोरोना संक्रमितको संख्या तिब्र रुपले बढीरहेको छ । गएको २४ घण्टामा हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा भारतमा ६ हजार ६ सय ६३ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यो संगै भारतमा कोरोना संक्रमितको संख्या १ लाख ३१ हजार ४ सय २३ पुगेको छ । यसैगरि भारतमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ सय ६८ पुगेको छ ।

गएको २४ घण्टामा भारतमा कोरोनाबाट १ सय ४२ मृत्यु भएको छ । यसैैगरि भारतमा हालसम्म ५४ हजार कोरोना संक्रमित उपचार पछि निको भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।