जर्मनी लिग बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले इनट्रान्च फ्र्यांकफर्टलाई सजिलै पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले फ्र्यांकफर्टलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

बायर्नको जितमा रोबेर्ट लेवानडोस्की, थोमस मुलर, लिओन गोरेटकज्का र अल्फोन्सो डाइभ्सले एक एक गोल गरेका थिए भने फ्र्यांक फर्टका लागि दुई गोल गरेका मार्टिन हिन्टररेग्गरले एक आत्मघाती गोल समेत गरेका थिए ।

योसँगै बायर्नले महत्वपूर्ण ३ अंक हासिल गरेको छ भने लिगको शिर्ष स्थानमा कायम रहेको छ । बायर्नको २७ खेलमा ६१ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको डोर्टमण्डभन्दा ४ अंकले अगाडी रहेको छ । त्यस्तै फ्र्यांकफर्टको भने २७ खेलपछि २८ अंक छ र लिगको १३औ स्थानमा रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।