File photo

चीन । चीनमा एकै दिन १४ लाख ७० हजार बढीको कोरोना परीक्षण गरिएको छ । चिनियाँ अधिकारीहरुका अनुसार कोरोनाको उद्गमस्थल वुहानमा विद्यालय र अन्य उद्योग खोल्नु अघि १ करोड १० लाखको कोरोना परीक्षण गर्ने निर्णय गरिएको थियो ।

यही क्रममा बिहीबार १० लाख भन्दा बढी, शुक्रबार १४ लाख ७० हजार ९ सय ५० जनाको कोरोना परीक्षण गरिएको हो ।

तर यत्तिको संख्यामा कोरोना परीक्षण गरेपनि नयाँ संक्रमित भने फेला परेनन् । चीनमा ८४ हजार जनालाई कोरोना संक्रमण हुँदा ४ हजार ६ सय जनाको मृत्यु भएको छ । एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।