'गुडबाइ' भन्दै विदा भइन् जापानी रेस्लर हाना किमुरा
PHOTO : GETTY IMAGES

जापानकी व्यवसायिक रेस्लर हाना किमुराको मृत्यु भएको छ। नेटफिल्क्सको रियालिटी शो टेर्रेस हाउसमा समेत देखिएकी किमुराको २२ वर्षको उमेरमा मृत्यु भएको बीबीसीले जनाएको छ।

मृत्यु अघि उनले सामाजिक संजालमा पोस्ट गरेका कुराहरुलाई लिएर हाल अनुसन्धान भइरहेक छ। उनले आफूमाथि साइबर बुलिङ भइरहेको समेत बताएकी थिइन्।   ट्वीटरमा समेत उनले आफू बाँच्न नचाहेको लेखेकी थिइन्।

उनको पछिल्लो इन्स्टाग्राम स्टोरीमा उनले आफ्नो बिरालोको तस्विर राखेर ‘गुडबाइ’ लेखेकी थिइन्।  उनको मृत्युको कारण भने सार्वजनिक गरिएको छैन।

सन् २०१६ मा रेस्टल १ बाट आफ्नो रेस्लिङ करिया सुरु गरेकी उनले उक्त टाइटल जितेकी थिइन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।