File photo

 इंग्लिस प्रिमियर लिगका २ क्लबका थप २ जनामा कोरोना पोजिटिभ देखिएको छ। पछिल्लो समयमा गरिएको परीक्षणमा फरक क्लबका २ जनामा कोरोना सक्रमण देखिएको प्रिमियर लिगले जनाएको छ। प्रिमियर लिगले खेलाडी वा स्टाफलाई कसलाई संक्रमण देखिएको हो भन्ने बारेमा केही खुलाएको छैन।

प्रिमियर लिगका ९ सय ९६ खेलाडी तथा क्लब स्टाफको परीक्षण गरिएको थियो। खेलाडी र स्टाफमा कोरोनाको संक्रमण देखिएका उनीहरुलाई ७ दिनका लागि सेल्फ आइसोलेसनमा राखिएको छ। प्रिमियर लिगका खेलाडी र स्टाफलाई कोरोना सक्रमण देखिँदै गएपछि परीक्षणलाई ४० देखि बढाएर ५० मा लगिएको छ। सुरुवातमा गत मे १९ मा गरिएको पहिलो चरणको परीक्षणमा ६ जनामा कोरोनाको संक्रमण देखिएको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।