हेटौँडा,१०, जेठ ।
मकवानपुरको हेटौँडा अस्पतालमा ६ दिन अगाडी रिफर भएकी बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले हेटौँडा अस्पतालमा आकस्मीक बैठक बसिरहेको छ । अस्पतालमा केहि दिन अघि आएकी बिरामीको कोरोना पुष्टि भएपछि अबको अवस्थालाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफलको लागि बैठक सुरु भएको हो ।

हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा जारी बैठकले अस्पतालमा ति बिरामीसँग नियमित सम्पर्कमा रहेको करिब २० जना डाक्टर, नर्स तथा अन्य कर्मचारीलाई आइसोलेसनमा राख्ने निर्णय गर्ने हेटौँडा अस्पताल कोरोना युनिटका प्रमुख डाक्टर हरि खड्काले खबरब्रेकलाई बताए ।

बिरामीसँग नियमित सम्पर्कमा रहेका डाक्टर, ल्याबमा रहेका प्राविधिक, एक्सरे गर्ने प्राविधिक, नर्स सहितका २० जना कर्मचारीलाई आइसोलेसनमा राख्ने बताईएको छ ।
अस्पतालले अहिलेसम्म १ सय ५० कर्मचारी मध्ये ६६ जनाको स्वाब कलेक्सन गरेर टेष्ट गर्नको लागि पठाईसकेको र बाँकीकोअ आजै स्वाब परिक्षणको लागि पठाउने डाक्टर खड्काले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।