हेटौँडा, जेठ ।
मकवानपुरको हेटौँडा अस्पतालमा कार्यरत केहि डाक्टर सहित १२ जना स्वास्थ्यकर्मीको पिसिआर रिर्पोटको नतिजा आएको छ ।
खबरब्रेकलाई प्रयोगशाला श्रोतले दिएको जानकारी अनुसार ति १२ जना स्वास्थ्यर्मीको रिर्पोट नेगेटिभ आएको छ ।

गत हप्तामात्र रिफर गरिएकी हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ की एकजना महिलामा कोराना भाईरस संक्रमण देखिएपछि अस्पतामा कार्यरत डाक्टर तथा सबै स्वास्थ्यकर्मी र कर्मचारीमा त्रास बढेको समयमा लिईएको स्बाब मध्ये १२ जना प्रतक्ष्य सम्पर्कमा रहेका स्वास्थ्यकर्मीको रिर्पोट आएको हो ।

अस्पतालमा रहेको १५० जना स्वास्थ्यकर्मी, कर्मचारीको स्वाब कलेक्सन कार्य जारी रहेकोमा कलेक्सन भएको ६६ स्वाब प्रयोगशालामा परिक्षणको लागि पुगिसकेको छ । बाँकी स्वास्थ्यकर्मीको रिर्पोट भोली दिनभरमा आईसक्ने जनाईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।