हेटौँडा, जेठ ।
संविधानसभा सांसद अनन्तप्रसाद पौडेलले आफ्नो परिवार आइसोलेसनमा रहेको र सबैको स्वास्थ्य अवस्था ठिक रहेको बताएका छन् । खबरब्रेकसँग कुरा गर्दै नेकपा वागमती प्रदेश कमिटिका संगठन विभाग प्रमुख समेत रहेका नेता पौडेलले आफ्नो श्रीमतिमा कोभिड १९ पोजेटिभ देखिएको भएपनि उनको अवस्था समाचार माध्यमहरुमा आएजस्तो सिरियस नरहेको बताए ।
खबरब्रेकसँग कुरा गर्दै नेता पौडेलले आफुहरुले सहि ठेगना टिपाएको भएपनि मन्त्रालयको विज्ञप्तीमा किन हेटौँडा ३ आयो भन्ने कुरा आफुले समेत नबुझेको बताए ।

हाल काठमाण्डौँमा उपचार भैरहेको भन्दै उनले यो समयमा आफुहरु निकै सचेत रहेको समेत बताए । फेसबुकमा प्रचार भएको अडियोको विषयले केहि तनाब दिएको भएपनि त्यो पुरापुर गलत भएको समेत उनले बताए । छोरी आएको समय र श्रीमतीलाई पोजेटिभ देखिएको समयको अन्तर निकै रहेको भन्दै उनले काठमाण्डौँमानै संक्रमण भएको हुनसक्ने अनुमान समेत गरे ।
उनले अडियोको विषयमा आफुले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जानकारी गराईसकेको भन्दै त्यस्तो भ्रम छर्ने ब्यक्तिलाई कानुनी कारबाही हुनुपर्ने बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।