वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा रहेका ९ जना कोरोना संक्रमित निको भई शनिबार डिस्चार्ज भएका छन्।  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि पर्सा र रौतहटका ३-३ जना, बाराका २ जना र एक जना भारतीय नागरिकलाई डिस्चार्ज गरिएको जानकारि दिए ।

योसँगै नेपालमा डिस्चार्ज हुनेहरुको संख्या ७९ पुगेको छ। नेपालमा कोरोनाको कारण हालसम्म ३ जनाको मृत्यु भईसकेकोे छ भने ५८४ जना कोरोना संक्रमित देखिएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।