सांकेतिक तस्विर

घोडाघोडी । माटोको ढिस्कोले पुरिएर कैलालीमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घर नजिकैको जङ्गलमा माटो लिन जाँदा बर्दगोरिया गाउँपालिका–३ रानिकुण्डाका ३६ वर्षीया डम्मरा खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक अनीश भण्डारीले जानकारी दिए ।

ढिस्कोले पुरिँदा सोही ठाउँका १९ वर्षीया कल्पना खड्का र नौ वर्षीय सुनिल ढुङ्गाना घाइते भएका प्रहरीले जानकारी दिएको छ । घाइतेको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको र शव परीक्षणका लागि टीकापुर पठाइएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।