हेटौँडा,१०, जेठ । मकवानपरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा रहेको कोरोना आइसोलेसन वार्डमा भारतबाट आएका १७ जना मकवानपुरका नागरिक भर्ना भएका छन् । हिजो तथा आज भारतबाट आएका १७ जना मकवानपुरका नागरिक भर्ना भएका कोरोना आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले खबरब्रेक डटकमलाई बताए ।

आइसोलेसनमा हेटौँडा उपमहानगरपालिका क्षेत्रका ८ जना मकवानपुरगढीको २ जना, बकैया गाउँपालिका १ जना, मनहरी ४ जना, बागमती १ जना, थाहा नगरपालिकाको १ जना, हेर्टाैँडा भर्ना भएको चौँलागाईले बताए ।
यसबाहेक अन्य ६ जना ब्यक्तिहरुलाई पनि आइसोलेसन वार्डमा भर्ना गरिएको छ । आज २३ जनाले सेवा लिईरहेको चौँलागाईले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।