हेटौंडा,१० जेठ । नेपालमा थप ३२ जना जनामा कोरोना पुष्टि भएको छ । नयाँ संक्रमितमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा परिक्षण गरिएका कपिलवस्तुको बाणगंगा नगरपालिकाका ८ जना, सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १३ जना, बारा र काठमाडौँका एक एक जना रहेका छन् ।

त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गैरिएको परिक्षणमा रुपन्देहीको गैडह्वा र रोहिणी गाउँपालिकाका ८ जना, त्यस्तै भरतपुर अस्पतालमा गरिएको परिक्षणमा चितवनका एक जना रहेका छन् ।

No photo description available.

नयाँ संक्रमितमा तीन जना महिला र २९ जना पुरुष रहेका छन् । नेपालमा कोरोनाबाट हालसम्म तीन जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५४८ पुगेको छ । यसैगरि हालसम्म ७० जना संक्रमित ठिक भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।