हेटौँडा,१०,जेठ ।
हिजोमात्र हेटौँडा उपमहानगरपालिका वडा नंबर ३ को भनिएकी कोरोना संक्रमित एकजना महिला हेटौँडा उपमहानगरपालिका वडा नंंबर ४ को भएको खुलासा भएको छ ।

खबरब्रेकलाई प्राप्त सूचना अनुसार उनी हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ की स्थायी बासिन्दा हुन् । गत ४ गते हेटौंडा अस्पतालबाट रिफर लिई काठमाडौँ गएकी ती महिलाको स्वाब काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

हेटौडा अस्पतालबाट रिफर गरिएको ब्यक्तिमा कोरोना पोजेटिभ भएको पाईएपछि अस्पतालले उच्च सतर्कता अपनाएको छ । हेटौँडाबाट रिफर भएपछि उनलाई काठमाण्डौँमा उपचारको लागि लगिएको थियो । काठमाण्डौँको शिक्षण अस्पतालमा उपचाररत ति महिलाको मुटुको समस्या भई अस्पताल आएपनि निमोनिया देखिएपछि चिकित्सकहरुले कोरोना परीक्षण गर्न पठाएका थिए । अस्पतालमा अहिले पनि छलफल जारी छ। कोरोना संक्रमीत बिरामिलाइ गणेशमान भबनमा सार्ने तयारी भइरहेको जनाईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।