Image may contain: 2 people

 हेटौँडा,११, जेठ ।
आफ्नो परिवारको विषयमा सामजिक सञ्जाल मार्फत अर्नगल प्रचार गर्नेलाई कानुनी कारबाहीको लागि आफुले प्रहरीलाई जानकारी गराईसकेको संविधानसभा सभासद अनन्तप्रसाद पौडेलले बताएका छन् ।

खबरब्रेकसँग कुरा गर्दै पौडेलले भने : हामी अहिले सेल्फ आइसोलेसनमा बसेको अवस्थामा आफ्नो परिबारको विषयमा भ्रामक प्रचारप्रसार गरेको पाईयो । यो निकै दुखलाग्दो विषय हो । विश्वश्यापी महामारीको रुपमा फैलिएको संक्रमण जो कोहिमा पनि हुनसक्ने भन्दै सकारत्मक सन्देश दिनुको साटो आफुहरुलाई थप पीडा हुनेगरि प्रचार गरिएको उनले बताए ।

यस्तो क्रियाकलाप गर्नेलाई कानुनी कारबाही गर्नको लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) लाई भनिसकेको भन्दै उनले आफुहरु सेल्फ क्वारेन्टाईनमा रहेको बताए ।
खबरब्रेकलाई प्रतिक्रिया दिँदै मकवानपुरका एसपी शुसिलसिंह राठौरले आफुले अडियो क्लिप सुनेको भन्दै उक्त ब्यक्तिको खोजिकार्य भैरहेको बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।