
हेटौंडा,९ जेठ । नेपालमा थप ९ जना जनामा कोरोना पुष्टि भएको छ । योसँगै आज कुल २९ जना संक्रमित पुष्टि भएको छ ।
नयाँ संक्रमितमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा परिक्षण गरिएका मकवानपुर र भक्तपुरका एक एक जना महिला, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परिक्षण गरिएका सप्तरीका एक पुरुष तथा हेटौंडा प्रयोगशालामा परिक्षण गरिएका बाराका ६ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाबाट अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५१६ पुगेको छ । जसमा पुरुषको संख्या ४४० र महिला ७६ जना रहेका छन् । अहिलेसम्म ७० जना संक्रमित ठिक भएका छन् ।
प्रतिक्रिया दिनुहोस्