हेटौँडा,९, जेठ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वार्ड नम्बर ४ कर्रामा रहेको आइसोलेनमा हाल सम्म ३ सय १७ जनाले सेवा लिएका छन् । हेटौँडा उपमहानगरपालिकाले दिएको जानकारी अनुसार आइसोलेसनमा रहेकाहरुको पिसिआर टेष्ट गरिएको छ ।

आइसोलेसनमा मकवानपुर जिल्ला, आसपासका जिल्ला र भारतबाट नेपाल आएकाहरुलाई राखेर कोरोना जाँच गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए । हेटौँडा उपमहानगरको ब्यवस्थापनमा रहेको आइसोलेसनमा आजकल पिसिआर टेष्टको लागि मानिसहरु आउने क्रमपनि बढेको उपमहानगरपालिकाले जनाएको छ ।

कोभिड १९ संक्रमण रोकथाम गर्न स्थापित आईसोलेसन वार्डमा सुरुवात देखिनै उपमहाँनगरपालिकाका स्वास्थ्यकर्मीलाई राखेर सेवा दिइरहेको मेयर महतले बताए ।
उपमहानरपालिकाले बिभिन्न स्थानमा ५४७ जनाको आरडीटी परिक्षण समेत गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।