हेटौँडा,९,जेठ ।

मकवानपुरमा पहिलो पटक एक नीजि विद्यालयले विद्यालयमा कार्यरत सबै शिक्षक तथा कर्मचारीहरुको कोभिड १९ विमा गरिदिएको छ ।

हेटौँडामा रहेको श्रीकृष्ण आदर्श माविले आफ्नो विद्यालयमा रहेको ३९ जना यतिबेला शिक्षा क्षेत्र र निजी विद्यालयहरु सबैभन्दा बढी प्रभावित भइरहेको बेला श्रीकृष्ण आदर्श आवाशिय विद्यालयले आफ्ना ३९ जना शिक्षक कर्मचारीहरुको बिमा सुरक्षण गराएको हो ।

शिक्षक, कर्मचारीहरु विद्यालय परिवारको अभिन्न अंग भएकाले उनीहरुलाई संकटको घडिमा सहयोग, साथ र उत्प्रेरणा दिनका लागि बिमाजस्ता आवश्यक कदम चालिएको सञ्चालक नविन केसीले जानकारी दिए। विद्यालयले प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनीको हेटौँडा शाखामार्फत उक्त बिमा सुरक्षण लिइएको केसीले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।