साङ्केतिक तस्विर

एजेन्सी, ९ जेठ । कोरोना भाइरसका कारण स्गगित स्पेनिस ला लिगा जुनको दोस्रो साताबाट सुचारु हुनेभएको छ ।

स्पेनको सरकार र स्पेनिस फुटबल फेडेरेसनको अनुमतिसँगै ला लिगा अध्यक्ष जाभियर टेबासले सुचारुको मिति टुंगो लगाएका हुन् । टेबासले १२ जुन, शुक्रबारबाट लिग सुचारु हुने जनाएका छन् ।

सुचारु भएको पहिलो दिन सेभिल्ले डर्बी हुनेछ, जसमा सेभिल्ला र रियल बेटिसले प्रतिस्पर्धा गर्नेछन् । अरु दिनको खेलबारे लिगले क्लबहरूलाई २८ मेमा जानकारी गराउनेछ । ११ वटा म्याच डेबारे लिगका २० वटै क्लबलाई जानकारी गराइनेछ ।

ला लिगा गत मार्चबाट नै कोरोना महामारीका कारण स्थगित भएको थियो । यद्यपि, यसै साताबाट क्लबहरूले भने प्रशिक्षण थालेका छन् । सामाजिक दूरी कायम राखेर खेलाडीहरूले प्रशिक्षण गरिरहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।