हेटौँडा,९,जेठ ।
मकवानपुरमा कार्यरत दुईजना प्रहरीको कोरोना रिर्पोट नेगेटिभ आएको छ । रातमाटेमा रहेको चेकपोष्टमा कार्यरत दुईजनाको हिजो आरडिटि पोजेटिभ देखिएपछि स्वाब परिक्षणको लागि हेटौँडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा पठाइएकोमा उनीहरुको रिर्पोट नेगेटिभ आएको कोरोना आइसोलेसन वार्डले जनाएको छ ।

कोरोना संक्रमणको समयमा फ्रन्ट लाईनमा बसेर काम गरिरहेका प्रहरीमा समेत कोरोना पुष्टि भैसकेको अवस्थामा मकवानपुरमा पहिलो पटक सुरक्षाकर्मीलाई आरडिटि पोजेटिभ देखिएको थियो । तर उनीहरु दुबैजनाको रिर्पोट भने आज नेगेटिभ आएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।