File photo

छिमेकी देश भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ६ हजार ८८ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा कुल कोरोना संक्रमितको संख्या एक लाख १८ हजार ४४७ कुल संक्रमित पुगेका छन् ।

त्यस्तै २४ घण्टामा भारतमा १४८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ३ हजार ५८२ पुगेको छ ।भारतमा अहिलेसम्म ४८ हजार ५३३ जना ठिक भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।