
हेटौँडा,९,जेठ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वाडा नंबर ४ कर्रामा रहेको कोरोना आइसोलेसन वार्डमा भारतबाट आएका ८ जना मकवानपुरे भर्ना भएका छन् ।
आजैमात्र भारतबाट आइपुगेका उनीहरुलाई आइसोलेसनमा राखिएको वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले खबरब्रेकलाई बताए ।
भारतबाट आएकामध्येहेटौँडा १४ को ४ जना, मनहरी गाउपालिका वडा नंबर १ का तिनजना हरिद्वार भन्ने स्थानबाट आएका हुन भने बकैया गाउँपालिका वडा नंबर ५ निवासी महिला भने मुम्बईबाट आएकी हुन् । उनीहरु गौरिगञ्ज नाका हुँदै नेपाल प्रवेश गरेको पाईएको छ ।
उनीहरुमा अहिलेम्म त्यस्तै कुनैपनि ठुला समस्या देखा नपरेको चौँलागाईले बताए । भारतबाट आएकाहरु उच्च जोखिममा रहेको भन्दै चौँलागाईले ति ८ जनाको भोली बिहान स्बाव संकलन गरि परिक्षणको लागि पठाउने तयारी गरेको बताए । यसबाहेक वार्डमा रिर्पोट आउन बाँकी रहेका थप ४ जना पनि रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्