File photo

चीनमा कोरोनाको औषधि पत्ता लागेको दाबी गरिएको छ । चीनको चर्चित र प्रतिष्ठित पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुको टीमले उक्त औषधिको परीक्षण गरिरहेको बताएका छन् ।

अन्य देशमा भ्याक्सिन बनाईरहेको अनुसन्धान भइरहेको समयमा चीनमा यो टोलीले भ्याक्सिनको सट्टा औषधि नै तयार पारेको अन्तराष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार परीक्षण गरिँदै गरिएको यो औषधिले छोटो अवधिमै भाइरसविरुद्व शरिरमा प्रतिरक्षा कायम गर्ने जनाइएको छ । उनीहरुले यो औषधि अन्य जनावरहरुको शरीरमा परीक्षण गरिरहेका छन् ।

विश्वविद्यालयका निर्देशक सुन्ने शीले कोरोना संक्रमित मुसामा औषधिको परीक्षण गरिरहेको बताए । उनले यो औषधि मुसामा प्रयोग गर्दा पाँच दिनमै भाइरस शून्य स्थितिमा देखिएको जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।