हेटौँडा,६,जेठ ।  विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९ ) को संक्रमणको संख्या नेपालमा दिनानुदिन बढिरहेको छ । नेपालमा तिब्र गतिमा बढेको कोरोना भाईरसरको जोखिम मकवानपुरमा पनि बढेको हो ।  भारतबाट करिब ६० मिटरको दुरीमा रहेको मकवानपुर जिल्ला बागमती प्रदेशको राजधानी पनि हो । अझ मकवानपुरको हेटौँडा पुर्व पश्चिम जानेहरुको एक अनिवार्य गन्तब्य समेत हो । यहा पुर्वपश्चिम राजमार्ग सहित काठमाण्डौँ जाने आधा दर्जन भन्दा धेरै अन्य मार्गहरु रहेका छन् । यसैले गर्दा पनि यहाँ मानिसहरुको आवतजावत दिनानुदिन बढिरहेको छ ।

पछिल्लो सयममा मकवानपुरमा पनि कोरोनाको जोखिम बढेको पाईन्छ । मकवानपुरसँग सिमाना जोडिका अधिकांश जिल्लाहरुमा कोरोना संक्रमण पुष्टि भैसकेको कारण पनि यो जिल्लामा जोखिम बढेको हो । हालसम्म मकवानपुरमानै स्थायी रुपमा बसोबास गर्ने ब्यक्तिमा कोरोना संक्रमण देखिएको छैन् । तर मकवानपुरसँग निकै नजिक रहेको तथा सिमा जोडिएको बारा, पर्सा, रौतहटमा कोरोनाको संक्रमण तिब्र रुपमा फैलिरहेको छ । यसबाहेका मकवानपुर जिल्लासँग नजिक रहेका या सिमाना भएको चितवन, धादिङ, काठमाण्डौँ, ललितपुर सहितको जिल्लामा संक्रमण देखिएको कारण पनि मकवानपुर जिल्ला उच्च जोखिममा परेको हो ।

मकवानपुरलाई कोरोनाबाट बचाउनको लागि जिल्ला स्तरमा निर्माण भएको कमाण्ड पोष्टले केहि निर्णय गरेको छ । तर सो निर्णयलाई कार्यन्वयन गर्ने पक्ष भने फितलो देखिँदा कोरोनाको जोखिम थप बढेको हो । मकवानपुर प्रवेश गर्ने दक्षिणी नाकालाई मानिसहरु आवतजावत गर्नको लागि बन्द गर्ने, अत्यावश्यक सबारीबाहेक प्रवेश गर्न नदिने निर्णय भएपनि मकवानपुर प्रवेश गर्ने अन्य नाकाहरुमा कडाई नगरिदा लुकिछिपि अन्य नाकाहँुदै मकवानपुर प्रवेश गर्ने संभावना समेत उत्तिकै बढेको छ ।

देशभरी कोरोना संक्रमित ४ सय २ हुँदा आजैमात्र मकवानपुरमा समेत थपिएपछि यहापनि कोरोनाको संक्रमणमा बढेको हो । मकवानपुरसँग जोडिएको पर्सामा ९१, रौतहटमा २२, बारा ४, काठमाण्डौँ १२, चितवन ३, धादिङ २, काभ्रे १, ललितपुर १ तथा सिन्धुलीमा पनि १ जनामा पुष्टि भैसकेको कारण पनि मकवानपुरमा जोखिम बढेको सहजै अनुमान लगाउन सकिन्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।