हेटौँडा,६, बैशाख ।
मकवानपुरका एकजनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमार्फत दिईएको जानकारी अनुसार मकवानपुरको १ समेत २७ जना थपिएका हुन् । यो संगै नेपालमा ४ य २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डाक्टर विकास देबकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ संक्रमितहरु २४ जना पुरुष र ३ जना महिला रहेका छन् । आज झापामा ९, मोरङमा एक, सुनसरीका एक, सर्लाहीका २, काठमाडौंमा ३, भक्तपुर, मकवानपुर, रामेछाप, ललिपुर, सिन्धुली, लमजुँगका एकएकजना, कपिलवस्तुका ४ जना र नवलपरासीका १ गरी २७ जना संक्रमित थपिएका हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।