आजमात्र कोरोना संक्रमण पुष्टि भएको मकवानपुरका ब्यक्ति उत्तरी मकवानपुरको थाहा नगरपालिकाको भएको खुलेको छ । जनस्वास्थ्य कार्यलय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्ययले खबरब्रेकलाई दिएको जानकारी अनुसार उनी काठमाण्डौँको बाफल क्षेत्रमा बस्ने गरेका छन । उनको धुलीखेलमा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको हो ।

उनी पेशाले ट्रक ड्रईभर समेत हुन । उनी थाहानगरपालिकाबाट गत बैशाख २५ गते काठमाण्डौँ गएको पाईएको छ । लकडाउनको समयमा उनी कुन कुन स्थानमा गएको भन्नेबारे आफुहरुले जानकारी लिन सुरु गरेको उनले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।