अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिनका लागि औषधी सेवन गर्न थालेका छन् ।

सोमबार एक पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट जोगिन आफूले मलेरिया तथा लुपसको औषधि हाइड्रोअक्साइक्लोरिक खान थालेको खुलासा गरेका हुन् । ट्रम्पले हाइड्रोअक्साइक्लोरिक र जिन्क नामक औषधि सातादिन भन्दा बढी समयदेखि दैनिकी रुपमा प्रयोग गरिरहेको बताए।

यद्यपी, हाइड्रोअक्साइक्लोरिकले कोरोना भाइरस बिरुद्द लड्छ वा त्यसविरुद्ध काम गर्छ भन्ने अहिलेसम्म वैज्ञानिक कुनै प्रमाण फेला पारेका छैनन् । आफूले ती औषधि डाक्टरको सिफारिसमा सेवन नगरेको समेत ट्रम्पले जनाएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।