५ जेठ । अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) दोस्रो बनेका छन्। नेपाली समय अनुसार सोमबार बिहान सम्पन्न ग्राण्ड फिनालेमा टप २ सम्म पुगेर उपविजेता बनेका छन् ।

अमेरिकन आइडलको उपाधि भने सामन्था डियाज (जस्ट साम) ले जितेकी छन्  । आज सम्पन्न ग्राण्ड फिनालेमा उनी उत्कृष्ट ७ बाट उत्कृष्ट ५ मा हुदै उत्कृष्ट २  मा सामन्था डियाज (जस्ट साम) सँग पुगेका थिए । अमेरिकामा आफ्नो नाम अर्थर गन राखेका दिवेश सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका पुगेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।