हेटौँडा,४,जेठ ।
मकवानपरको थाहानगरपालिका वडा नंबर ७ निवासी बालक काठमाण्डौमा कोरोना संक्रमित पाईएपछि उनको सम्र्पकमा आएका ११ जनालाई हेटौँडाको कोरोना आइसोलेसन वार्डमा ल्याईएको छ ।
आफ्नो घर आएका ति सात वर्षको बालक गत बैशाख ३० गते तरकारी बोक्ने गाडीमा काठमाण्डौा गएका थिए । काठमाण्डौँमा जाँच गर्ने क्रममा उनमा पोजेटिभ देखिएपछि उनी थाहा नगर रहँदा सम्पर्कमा आएका ११ जनाको स्वाव परिक्षाको लागि आज हेटौँडामा रहेको आइसोलेसनमा पठाईएको थाहा नगरपालिकाका मेयर लबसेर विष्टले खबरब्रेकलाई बताए ।
थाहा नगरपालिकाको बालकमा कोरोनाको जानकारी पाएपछि आफुहरु सतर्क रहेको भन्दै उनले उक्त क्षेत्रको विषेश निगरानी समेत गरेको बताए । आज साँझसम्म अन्य ब्यक्तिहरुको रिर्पोट आइसक्ने भन्दै विष्टले सरकारले संक्रमितको बारे जानकारी लिने प्रयासनै नगरेको समेत बताए । थाहा नगरको भएपछि जनप्रतिनिधिको हिसाबमा आफुले चासो लिएको भएपनि कसैले पनि हालसम्म कुन स्थानको भनेर आफुलाई नसोधेको समेत उनले बताए । थाहा नगरको भन्ने विषय मिडियामा आइसकेपछि जिल्लामा रहेको कमाण्ड पोष्टले पनि जानकारी नमागेको उनले बताए । आफुले कमाण्ड पोष्टको बैठकमा यसबारे जानकारी गराएको समेत उको भनाई थियो ।

ति बालकमा तरकारी गाडीमा यात्रा गर्दा कोरोना संक्रमण भएको हुनसक्ने भन्दै मेयर विष्टले तरकारी गाडी चालकको विषयमा आफुहरुले सम्वन्धीत निकायलाई जानकारी गराईसकेको बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।