४ जेठ । नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रमले कोरोनाभाइरसको महामारीका समस्या सम्बोधन गर्ने खालको नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै देउवाले विपन्न, श्रमिक मात्र नई उद्योगी व्यवसायीदेखि सबै समस्यामा परेका बेला सरकारले सबैको अभिभावक भएको अनुभूति गराउनु पर्ने अपेक्षा भए पनि नीति तथा कार्यक्रमले अर्कै सन्देश दिएको बताए । उनले भनेका छन्, “ नीति तथा कार्यक्रमले पहिलो सन्देश, यो सरकारलाई कोभिड १९ ले गरेको र गर्न सक्ने क्षति बारे ज्ञान नै छैन । दोस्रो, सरकारलाई जनताको दुखः प्रति कुनै वेदना छैन र जनताको पिडा बुझ्न सक्ने हृदय छैन । तेश्रो, सरकारसंग यो अप्ठेरो बेला भविष्यकालागि जनता आश्वस्त हुने कुनै योजना छैन ।”

“एक वर्षे नीति तथा कार्यक्रम उद्देश्यवाट बरालिएर बहुवर्षीय योजनाको कोरा कल्पना जस्तो देखिन्छ । यो नीति तथा कार्यक्रम जनतामा आशा र विश्वास जगाउन पुर्णतः असफल भएको छ”, उनले भनेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।