तस्बिर : प्रयोगशाला प्रमुख नारायण कार्की

हेटौँडा,३, जेठ ।
विश्वब्यापी महाकारीको रुपमा फैलिएको कोभिड १९ को परिक्षणमा दिनरात सक्रिय रहेका वागमती प्रदेश प्रयोगशालाका प्रमुख नारायण कार्कीलाई प्रयोगशालाको किट लिन काठमाण्डौँ जानेक्रममा नागढुंगामा दुब्र्यबहार भएको छ ।
आफुलाई युटुबको पत्रकार तथा स्थानीय सचेत नागरिक भन्ने ब्यक्तिहरुले मोवाईलबाट भिडियो खिच्दै दुब्र्यवहार गरि फेसबुक लाईभ गरेको घटनाप्रति आम जनस्तारबाट आक्रोश ब्यक्त गरिएको छ ।
सामजिक सञ्जालमा उक्त भिडियो हजारौ नागरिकले सेयर गर्दै त्यस्तो काम गर्नेलाई तुरुन्त पक्राउ गरि कारबाही गर्न समेत माग गरिएको छ ।
यसैबिच मेलाका केन्द्रीय सचिवालय सदस्य उत्सव चौँलागाईले पनि कार्कीलाई कारबाही गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । उनले भनेका छन ःमेलान सचिवालय सदस्य तथा प्रदेश नम्बर (३ प्रयोगशाला प्रमुख नारयण कार्की ज्यु हिजो २ गते राष्ट्रिय जन(स्वास्थ्य प्रयोगशालामा कोरोना टेस्ट कीट लिन जाँदा थानकोट नजिकै केही युटुब पत्रकार हौँ भन्ने र अराजक ब्यक्तिहरु समेतले बाटोमा अभद्र ब्वयहार गरि स्वास्थ्य सम्बन्धि रेकर्ड, फाईल, ब्याग समेत खोल्न लगाउने कार्य संगै काठमाडौ जान नदिइ हेटौंडा नै फिर्ता पठाइएको कार्यप्रति हामी सबै सिंगो मेलान टिम र सम्पूर्ण स्वास्थ्यकर्मी अत्यन्तै दुखित छौं दिनरात नभनी यो कोरोनाको महामारीमा अहोरात्र खट्ने र प्रयोगशाला जनशक्तिको मनोबल घटाउने कार्य हुने यस्ता गैरजिम्मेवार ब्यबहारको खेद प्रकट गर्दै दोषी उपर कार्बाहीको माग गर्दछु ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।