डा. यम सिलवाल । एउटा देश निर्माण हुुन आधारभुत रुपमा निश्चित क्षेत्रफल, छिमेकीहरुसँग सीमा सन्धि, बासिन्दा वा जनता, प्रशासनतन्त्र, प्रशासक वा सरकार आदि अनिवार्य हुन्छ । आजको बिशाल नेपाल यि सबै आधारभुत अस्तित्वहरुका साथ खडा छ । नेपाल एकिकरणको क्रममा साँध सीमामा निकै उतार चढाव आएको थियो ।

सीमा विस्तार हुने र खुम्चने क्रमसँगै अंग्रेजसँग भएको सुगौली सन्धि र तत्पश्चात श्री ३ जंग बहादुर राणाले आफ्नो कुटनीतिक चातुर्यताद्वारा अंग्रेजसँग केहि गुमेका भुभाग फिर्ता लिन सफल भएपछि समेटिएको भुभागले नेपालको हालसम्मको सीमाना निर्धारण गरेको छ । गणतन्त्र चिनसँग प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोईराला का पालामा भएको समझदारीले सगरमाथा लगायत हिमाली सीमा पनि निर्धारित भएको थियो । त्यहिं देखि देशको सीमा स्थिर छ । दुबै तर्फ सुुदृढ, ठूला र मजबुत छिमेकीहरु भएकाले अब सीमा बढ्ने परिकल्पना गर्न सकिदैंन बरु भएको जोगाउनुु चुनौतीपूर्ण हुुन्छ । यो कुरा नेपाल राष्ट्रनिर्माणका नेता वा नायक श्री ५ वडा महाराजधिराज पृथ्वी नारायण शाहले पहिले नै दुई छिमेकीहरुका बारेमा स्पष्ट नीति भनेकै थिए ।

आज पनि हामि घर घरमा र टोल छिमेकमा हुने विभिन्न झैझगडा तथा हिंसात्मक घटनाहरुको निहुँ हे¥यौ भने जग्गाको भागबण्डा तथा साँध विवाद पनि एउटा मुख्य कारण देखिन्छ । नापिका प्राविधिकहरु जग्गा नाप गर्न जाँदा संधियारहरुका बिच सहमति बनाउँन निक्कै मेहनत हुन्छ । आफ्नै परिवारका सदस्यहरु बिचमा पनि असामञ्जस्य अवस्थाको सिर्जना हुन्छ भुमि विवादले । धान रोपाई गर्ने बेला आली तास्दा र लगाउँदा छिमेकीहरु बिच वैमनस्यता हुने गर्छ । मिले सम्म र पाय सम्म हरेक व्यक्तिले आफ्नो जमिनको सीमा बढाउँन मौका हेरिरहन्छ । त्यसैले त हरेक व्यक्तिले आºनो जमिनमा बार लगाउने, घेर्ने, किल्ला गाड्ने आदि काम गर्छ । व्यक्तिगत रुपमा त हामि सजक छौं आफ्नो जग्गाको सुरक्षाका लागि तर राष्ट्रिय रुपमा पनि त्यस्तै सोच हुन सकेन । नेपालीहरु देशको सीमाना बारे संवेदनशिल हुन सकेनौ वास्तव मै ।

जब भारतमा प्रधानमन्त्री जवहारलाल नेहरु हिन्दी चिनि भाई भाई भनेर प्रचार प्रसारमा थिए, त्यसै बेला सन् १९६२ मा चिनले भारत माथि आक्रमण ग¥यो र भारतको हार भयो साथै भारतियहरुको भनाईमा ७० हजार वर्ग किलो मिटर जमिन गुम्यो । र त्यसै बेला देखि कैलाश मान सरोवर पनि चिन तर्फ गााभियो । त्यहि युद्धको दौरान भारतिय सेना कालापानिमा ओत लागेका थिए सुरक्षाका लागि । तर उनिहरु त्यहाँ स्थायी रुपमै बसिरहेका छन, छ दशक देखि जुन नेपालको भुमि हो ।

यो एउटा उदहारण हो हाम्रा लागि, कि मौका पर्दा के भारत के चिन कसैले पनि सीमा मिच्न सक्छन । सन् २०१५ मा जब भारत र चिनले नेपालको भुमि लिपुलेक भएर व्यापारिक मार्ग खोल्ने सहमति गरे, यसपछि त यो स्पष्टै भएकै थियो सीमानाको मामलामा छिमेकहरुले जे पनि गर्न सक्छन भनेर । नेपाल दुबै असल छिमेकी राष्ट्रहरु प्रति सम्पूर्ण रुपले विश्वस्त भएता पनि सीमाको बारेमा चाहि सधैं चनाखो र सुरक्षित भएर बस्नु पर्छ भन्ने प्रष्ट संकेत गरेको छ ।

परिस्थिति संधै गतिशिल हुन्छ । अहिलेको जस्तो परिस्थिति हिजो दुबै छिमेक देशहरुमा थिएन भने आउँदा दिनहरु अभैm नयाँ किसिमका हुनेछन । भारतमा सन् २०१४ पछिको सरकारको छिमेक नीति निरन्तर बदलिदै गएको छ र राष्ट्रियता र सुरक्षा नीतिमा विशेष जोड दिएको छ । भारतले पछिल्लो पटक जारी गरेको राजनीतिक नक्शामा हाल पाकिस्तानको क्षेत्रमा पर्ने ठूलै भुभाग समेटिएको छ भने केहि चिन अधिनस्त भुभाग पनि समेटिएको छ । यसले भविष्यमा मौका पर्ना साथ के कस्तो कदम भारतले चाल्न सक्ला भन्ने अनुमान गर्न सकिन्छ । त्यस्तै चिन र भारतको अहिले पनि सीमा समस्या धेरै जसो स्थानमा छ । यि दुई विशाल छिमेकी देशहरु हरेक क्षेत्रमा रणनीतिक, सामरिक, आर्थिक, प्राविधिक आदि क्षेत्रमा आमने सामने परिरहेका छन भने कुशल कुटनीतिक चाल अनुसार आ–आºनो हितमा सहकार्य पनि गर्दै गईरहेकाछन । यिनिहरुको आपसी हितमा हुने समझदारीले ल्याउने परिणाम होस वा टकरावले ल्याउने परिणाम होस दुबै अवस्थामा नेपालको हित असुरक्षित हुन सक्छ । जस्तो की भारत चिन युद्धमा नेपालको कालापानि क्षेत्रमा भारतिय फौज बस्यो भने चिन र भारतको आ–आºनो स्वार्थका लागि लिपुलेक हुँदै बाटो खोल्ने निर्णय गरे ।

भारतले तिब्र गतिमा चिन तर्फका सीमाहरुमा पुर्वाधारहरु निर्माण गरिरहेको छ । चिनले पनि सीमा क्षेत्रहरुमा व्यापक विकास निर्माण गरिरहेको छ । चिन तर्फ सगरमाथामा छन् उपकरण स्थापना गरिसकेको छ । पर्यटकहरु तथा आरोहीहरु अत्याधुनिक सुविधाका कारण तिब्बत तर्पm बाट जान थाल्नेछन र पछि चिनले सगरमाथामा नै आफ्नो दाबि प्रस्तुत गर्ने संभावना आउँन सक्छ । त्यसैले बहुआयामिक चोस र रणनीतिहरु गम्भिर अध्ययन र विश्लेषण गरी निर्माण गर्न जरुरी छ ।

हाम्रा युवाहरु, दलहरु, नेताहरु, सरकार, सांसदहरु तथा संसद र भनु पुरै देश खालि प्रतिक्रियावादी मात्र भयौं । भारत र चिनले गर्ने क्रियाको प्रतिकृया जनाएर सडकमा नारा जुलुस गरेर विदेशी शक्तिसँग जुधौंला भन्ने कुरा महामुर्खता मात्र हो । अझ केहि नेता तथा सांसद त बडो आफुलाई राष्ट्रवादीको मसिहा साबित गरी आफ्नो मुल्य वृद्धिमा तछाड मछाड गरिरहेका छन । यस्ताहरु बाट सजक रहनु पर्दछ ।

हाम्रा सीमाना के गर्दा सुरक्षित गर्न सकिन्छ, बार लगाउँने, पर्खाल लगाउँने, सुरक्षा बल थैनाथ गर्ने, चौकीहरु निर्माण गर्ने, प्रविधि विकास गर्ने लगायत काममा लाग्नु प¥यो । यसका साथै हामि जुन देशको आज बिरोध गर्दै छौं उसै माथि निर्भरता बढाउँदै गएका छौं, यो गम्भिर त्रुटी हो । त्यसैले सबै नेपालीले देशलाई आत्मनिर्भर बनाउन र आफ्नै खुट्टामा उभिन सक्ने बनाउन योगदान गर्न तिर लाग्नु प¥यो । अब सच्चिन अनिवार्य छ । छिमेकी देशहरुको गतिमा हामि आफुलाई हिंडाउन कसरी सकिन्छ भन्ने तिर लागेनौ भने देश जोगाउँन कठिन छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।