साङ्केतिक तस्विर

१ जेठ,इटालियन शीर्ष डिभिजनको लिग सिरी ‘ए’ १३ जुनबाट सुचारु गर्ने तयारी गरिएको छ । बुधबार भिडियो कन्फरेन्समार्फत लिगको साधारण सभाले सरकारी निर्णय र मेडिकल प्रोटोकलका आधारमा लिग सुरु हुने मितिलाई अनुमती प्रदान गरेसँगै जुनको दोस्रो साताबाट लिग सुचारु गर्ने तयारी गरिएको हो ।

इटालियन क्लबका खेलाडीहरू मे महिनाको सुरुआतबाट नै व्यक्तिगत अभ्यास गरिरहेका छन् । आगामी सोमबारबाट सामूहिक रूपमा प्रशिक्षण सुरु हुनेछ ।

कोरोना भाइरस महामारीका कारण सिरी ‘ए’ ९ मार्चबाट स्थगित छ । लिगमा अझै १२ चरणका खेलहरू बाँकी छन् । जसमा साविकको विजेता युभेन्टस शीर्ष स्थानमा रहेको छ । एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।