एजेन्सी,इटालियन क्लब युभेन्टसका स्ट्राइकर पाउलो डेबाला प्रशिक्षणमा फर्किएका छन् । कोरोना भाइरस (कोभिड–१९) बाट मुक्त भएसँगै अर्जेन्टिनी स्टार प्रशिक्षणमा फर्किएका हुन् । डेबालामा मार्चमा कोरोना संक्रमण देखिएको थियो । त्यसयता उपचाररत उनको पछिल्लो परीक्षण भने नेगेटिभ आएको हो ।

इटालियन सरकारले ४ मेबाट प्रशिक्षण सुरु गर्न अनुमति दिएसँगै सिरी ‘ए’ क्लबहरू व्यक्तिगत प्रशिक्षमा फर्किएका छन् । युभेन्टसले पनि सरकारले सामाजिक दूरी कायमै गरी व्यक्तिगत रूपमा अभ्यास गरिरहेको छ । १७ मेसम्म खेलाडीहरूले व्यक्तिगत प्रशिक्षण गर्न पाउनेछन् भने त्यसपछि समूहगत रूपमा प्रशिक्षण हुने आशा गरिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।